Logo

समाचार

गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु



काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका-३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अजिरकोट गाउँपालिका-२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा०३प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग१ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ ।

बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : २२ बजे