Logo

मुख्य समाचार

राष्ट्रपतिसँग चिनियाँ नेता लिउ जियानचाओको शिष्टाचार भेट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको भएको हो । लिउ जियानचाओ आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधबकुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २२ बजे