Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला



काठमाडौं । गुल्मी, बर्दिया र नवलपरासी (पूर्व)मा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका-५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजार बस्ने मिलन थारुकी डेढ वर्षकी कृष्टिना थारू राजापुर नगरपालिका-१ गोठारपुरस्थित झबही कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

घरमा खेलिरहेको अवस्थामा हराएकी उनको खोजी गर्ने क्रममा उक्त कुलोमा शव फेला परको हो ।

नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका-१३ हर्कपुर चोकस्थित सडकमा हाल पहिचान नखुलेकी करिब ४२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ४१ बजे