Logo

समाचार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका-१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् ।

दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ०६ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।