Logo

समाचार

कालिकोटमा पाँच तले घर भत्किँदा ६ जना घाइते



काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका-१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् ।

घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ५७ बजे