Logo

Breaking News 1

‘राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाइन्छ’: नवराज सिलवाल



काठमाडौं । नेकपा एमालेले कमिसनका लागि सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न खोजेको आरोप लगाएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद नवराज सिलवालले राजनीतिक दललाई पैसा चाहिएकाले कमिसनका लागि हतियार खरिदका लागि ८४ करोड रकमान्तर गरिएको आरोप लगाएका हुन् ।

तत्कालका लागि नेपाल प्रहरीलाई हतियार आवश्यक नरहेको उनको दाबी थियो । विचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाएर विचौलिया आफैंले फाइल खडा गर्ने गरेको उनको भनाई थियो ।

‘गठबन्धनमा रहेका दललाई पैसा चाहिएको छ । अर्थतन्त्र तहस नहस हुने अवस्थामा ८४ करोड रकमान्तर गरेर हतियार खरिदको योजना अघि ल्याएको छ । विचौलियालाई र राजनीतिक शक्तिलाई पैसा चाहिएपछि हतियारको कुरा उठाइन्छ, सिलवालले भने ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ३४ बजे