Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपपुर नगरपालिका-७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजार रहेकी छन् ।

काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको बा.२ ख ६६७४ नम्बरको बसले उनलाई शुक्रबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ४७ बजे