Logo

समाचार

तुङ्गा सामुदायिक वनका अध्यक्ष वन कार्यालयको नियन्त्रणमा



काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।

सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई नयन्त्रणमा लिइएको हो। शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजनल अधिकृत ठाकुरको भनाइ छ।

‘अनुसन्धान गरिरहेका छौँ, मडैले २२ लाख रुपैयाँ खाएको स्वीकार गरिसके। हाम्रो टोली खटिएको छ,’ उनले भने। बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका थिए।

उनले क्रिते कागज गरी समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएका थिए।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ४९ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।