Logo

खेलकुद

नवौं राष्ट्रिय खेलकुद आयोजनाको मूल आयोजक कमिटीको बैठक सुरु



काठमाडौं । गण्डकी प्रदेशमा हुन तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ ।

२८ असोजदेखि ३ कात्तिकसम्म हुने तय भएको प्रतियोगिताका लागि शुक्रबार जमलस्थित एल्लो प्यागोडा होटलमामा बैठक सुरु भएको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले आवश्यक तयारी अघि बढाउन आह्वान गरेका छन् ।

बैकठमा मन्त्री गहतराजसहित राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसॅंगै सातै प्रदेशका खेलकुद सदस्य सचिव, तीन विभागीय टोली र खेलसंघका प्रतिनिधिहरूको उपस्थिति छ ।

७५ सालमा नेपालगन्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएपछि कोरोनाका कारण यस प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन ।

हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनु पर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ०४ बजे