Logo

समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



काठमाडौं । करेन्ट लागेर मकवानपुर र कपिलवस्तु दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको बाकैया गाउँपालिका-६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।

आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।

महाराजगन्ज नगरपालिका-१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : २७ बजे