Logo

Breaking News 1

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘कानुन, न्याय तथा मानव अधिकार’ समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ५९ बजे