Logo

मुख्य समाचार

एमालेको बेइमानीः संसदीय समितिले छानविन गर्दा एमाले अर्थमन्त्रीहरुले राजीनामा गरेका थिएनन् !



काठमाडौ । संसदीय छानविन हुने भएपछि बुधबार अर्थमन्त्री जनार्दन शर्माले नैतिकता देखाएर राजीनामा दिए । एमालेले शर्माको राजीनामाको माग उठाएको थियो ।

जो एमाले विगतमा भने यस्तै प्रकृतिको मुद्दामा पुरै नैतिकहराम देखिएको छ । विगतको नजिर हेर्ने हो भने छानबिन समिति बन्दा पनि तत्कालीन अर्थमन्त्रीहरुले राजीनामा दिएका थिएनन् ।

तर, नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा उठाएर संसदलाई अस्तव्यस्त पार्यो । सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो ।


सभामुखले बुधबारको संसद बैठकमा गरेको घोषणाअनुसार संसदीय छानविन विशेष समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण , शक्ति बहादुर बस्नेत, सीताराम महतो, सरला कुमारी यादव र सुरेन्द्र प्रसाद यादव छानबिन समितिमा रहेका छन् ।

समितिलाई आर्थिक विधेयकमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सत्य तथ्य छानविन गरी सभामा प्रतिवेदन पेश गर्ने सभामुखले निर्देशन दिएका छन् । समितिलाई १० दिनको समय दिइएको छ । छानबिन समिति बनेपछि अर्थमन्त्री शर्माले एमालेको विरोधका बीच संसदलाई सम्बोधन गरेका छन् । उनले आफूले कुनै गल्ती नगरेको बताए ।

छानबिन समितिपछि पनि एमाले अर्थमन्त्रीको राजीनामा माग्दै गर्दा सोही पार्टीबाट मन्त्री बनेकाहरूले विगतमा राजीनामा दिएका थिएनन् । अर्थमन्त्री हुँदा विवादमा परेपछि भरतमोहन र विष्णु पौडेलमाथि संसदीय समितिले छानबिन गरेको थियो ।

झलनाथ खनाल प्रधानमन्त्री भएका बेला २०६८ सालमा अर्थमन्त्री अधिकारी थिए । त्यतिबेला बजेट लिक भएको विषय संसदमा विरोध भएपछि संसदीय छानबिन समिति बनेको थियो । छानबिन समिति बनेपछि उनले राजीनामा दिएनन् ।

यस्तै २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पौडेल अर्थमन्त्री थिए । पौडेल अर्थमन्त्री भएका बेला पनि बजेट लिक हुँदा संसदीय छानबिन समिति बनेको थियो । पुर्व अर्थमन्त्री पौडेल निकै नैतिकहराम सावित भएका थिए । तर, अहिले शर्माले भने नैतिकता देखाइ राजीनामा गरेर छानविनलाई सहज बनाइदिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ५८ बजे