Logo

Breaking News 1

सभामुख सापकोटा दलहरुका सचेतकसंग परामर्श गर्दै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउनुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन् । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिने अनौपचारिक खबर आएपछि एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने बताएको छ । सभामुख परामर्श लिंदै हुनुहुन्छ, प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : २६ बजे