रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकालाई जोड्ने माडीचौर खोला मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजना र सडक पूर्वाधार विकास कार्यालय रोल्पाको कार्यान्वयनमा मोटरेबल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको हो ।
यसरी गाउँपालिकालाई जोड्ने मोटरेबल पुल समयमै निर्माण हुने भएपछी गाउँपालिकाका स्थानीयहरु खुशी भएको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले बताए । ‘परिवर्तन गाउँपालिका भित्र रहेका वडा नं.२, ३, ४, ५ र ६ वडाका नागरिकहरु पालिकाको हरेक सेवा, सुविधा लिन आउँने र बढी लाभान्वित हुने मइले विश्वास लिएको छु ।’ अध्यक्ष बुढाले भने ।
मोटरेबल पुल निर्माण भएर बाटो खुलेपछि छुट्टै किसिमको महत्त्व हुने बताउदै उनले भने ‘पालिकामा सेवा र सुविधा लिन आउने पालिकाका नागरिकहरु माथिको बाटो भएर आउने बाध्यता रहेको र पुल प्रयोगमा आएलगत्तै दुरीको हिसाबले पनि छोटो हुन्छ।’ २/३ वर्ष अगाडि परिवर्तन गाउँपालिकाले आफ्नै आर्थिक खर्च गरि निर्माण गरेको पुल भएपनि उक्त पुल पालिकामा सेवा लिन आउनेको लागि कामचलाउ मात्र भएको उनले बताए ।
अहिले दुई पाङ्ग्रे सवारी र चार पाङ्ग्रे साना सवारी साधन मात्र जाने गरेको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले बताए । गाउँपालिका जोड्ने मोटरेबल पुल समयमै निर्माण भएमा सहजै गाउँपालिकामा ठूलो तथा साना सवारी साधनहरु पुग्नेमा आफूले बिश्वास लिएको न्यौपानेले बताए । परिवर्तन गाउँपालिकालाई जोड्ने माडीखोला मोटरेबल पुलको लम्बाई ३५ मिटर रहेको छ भने पुलको चौडाई ८.४ मिटर रहेको छ ।
निर्माण ठेक्काको जिम्मा एसियाटिक राज जे.भि.माडी गाउँपालिका ३ तालाबाङका राजवीर घर्ती मगरले लिएका छन् । निर्माण ठेक्काको सम्झौता २०७८ बैशाख ६ गते भएको थियो । निर्माण ठेक्का कार्य सम्पन्न हुने समय २०७९ कात्तिक ६ गते सम्म रहेको छ । यसरी सम्झौता र सम्पन्नको समयलाई आकलन गर्दा तोकिएको समय भन्दा केही महिना अगावै मोटरेबल पुन निर्माण हुने देखिएको छ । अहिलेसम्म ग्याबिनको काम,मेसिनरी वाल र फलामे डण्डीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ भने आर.सी.सी काम बाँकी रहेको बताइएको छ ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको करिब ६ करोड बढीको आयोजनामा मोटरेबल पुल निर्माण हुन लागेको हो ।
प्रतिक्रिया