Logo

Breaking News 1

रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिन्ह गोलाकार भित्र घण्टी



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा दर्ता भएको छ । यो दर्तासंगै देशभरका कार्यकर्तामा खुशीयाली छाएको छ ।

रास्वपाको दर्ता नम्बर १८७ रहेको निर्वाचन आयोगले जनाएको छ । रविलाई पार्टी दर्ता गर्न नदिनेसम्म अनेक षडयन्त्रहरु बाहिर आएका थिए ।

यो बिषयलाई लिएर विवादहरु निम्तिए । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले रविको पार्टीले मााग गरेको नाम नै दर्ता गरेको हो ।

अब यो पार्टी बैधानिक रुपमा नेपालको राजनीतिमा प्रवेश गरेको छ । रविको लोकप्रियताका कारण आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमा राम्रो स्थान हाँसिल गर्न सक्छ भन्ने बिश्लेषकहरुले अड्कलबाजी गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ४१ बजे