Logo

समाचार

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध



काठमाडौं । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका-८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए ।

कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।

मौसमको खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रुहरु बिहानैदेखि समस्यामा परेको त्रिपुरासुन्दरी नगरपालिकाका सुका डवल हिराचनले बताए ।

‘पहिरो पन्छाउन बढी समय लाग्ने देखिन्छ,’ उनले भने । माथिबाट आएको ठूलो चट्टानले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने भएको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ०४ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।