Logo

समाचार

बोक्सी आरोपमा महिलामाथि कुटपिट



काठमाडौं । बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ ।

ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ ।

अन्सारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अन्सारी, फुलमहमद अन्सारी, तबरेज अन्सारीसहितको समूहले आफूमाथि कुटपिट गरेको उनले बताइन् ।

उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन गएकी उनकी भाउजू सकिना खातुनसमेतलाई कुटपिट गरी घाइते बनाइएको छ । घाइते दुवैजनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिटगर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ०१ बजे