जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् ।
जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् । उनले भने, ‘कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’
उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया