Logo

खेलकुद

एन्फा निर्वाचन: महिला सदस्यमा सरिला र पेमा निर्वाचित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकायको नयाँ नेतृत्व चयनका लागि सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो ।

सोही निर्वाचनबाट महिला सदस्य पदमा ४३ मतसहित लामा र ४६ मतसहित श्रेष्ठ विजयी भएका हुन् । महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए ।

अध्यक्ष पदमा यसअघि नै पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भइसकेका छन् । यस्तै, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दावा लामा र दीपक खतिवडा विजयी भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २५ बजे