Logo

समाचार

मुल्यबृद्धिको कारण माग्दै राप्रपाले भन्यो,‘पेट्रोलियम पदार्थको भाडादर कसरी उठाउनुहुन्छ ?’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।

नेपाल आयल निगमलाई पत्र लेख्दै राप्रपाले भनेको छ,‘पेट्रोल, डिजेल र मट्टितेलको भाडादर कसरी उठाउनुहुन्छ ।’ योसंगै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ ।

राप्रपाका प्रवक्ता तथा विभागीय प्रमुख ज्ञानेन्द्र शाहीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालका भिआइपी व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो ?’

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मुल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाले जनाएको छ ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्याएको छ । मुल्यबृद्धिको बिरोधमा अन्य विभिन्न संघ/संगठनहरुले पनि बिरोध गरेका छन् । सत्तारुढ दलका भातृसंगठनहरुले पनि मुल्यबृद्धि फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ४२ बजे