Logo

Breaking News 1

एसीसी महिला टी-२०: नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल तेस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार मलेसियामा भएको तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गरेको हो । बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्‍यो।

यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।

नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्। यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।

अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । अन्तिम खेलमा नेपालले हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : १३ बजे