Logo

समाचार

वडाध्यक्ष मृत फेला



काठमाडौं । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्नेबारेमा थप अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : १८ बजे