Logo

Breaking News 1

‘कसैमाथि हातपात भएको छैन, सिसीटिभी फुटेज चेक गरे हुन्छ’: मन्त्री आले



काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारलाई हातपात गरेको भनि आएको समाचारहरुमा कुनै सत्यता नरहेको बताएका छन् ।

मन्त्री आलेले अधिकारीमाथि दुर्व्यवहार नभएको भन्दै सञ्चारमाध्यममा आएका समाचारहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाए । मन्त्री आलेले यसबारेमा सत्यतथ्य जान्नका लागि सिसीटिभी फुटेजसमेत हेर्न सकिने बताएका छन् ।

‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन। यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ, आलेले भने।’

कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको आलेको भनाइ छ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०६ बजे