Logo

खेलकुद

विश्वकप लिग ‘टु’: आज नेपाल र ओमान भिड्दै



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग ‘टु’ अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार तेस्रो खेल खेल्दैछ ।

यो खेल अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ ।

ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

यस्तै, ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : ४५ बजे