Logo

विशेष

छोटो समयमै फस्टाउदै थबाङका होमस्टे



रोल्पा । अहिले पनि रोल्पाको थबाङ ऐतिहासिक ठाउँ मानिन्छ । दश बर्षे जनयुद्धमा रोल्पाको थबाङको ठूलो त्याग तपस्या र बलिदान रहेको छ । यहीँ ठाउँबाट बिर्दोही गरेका नेताहरु अहिले देशको शीर्षह तहमा पुगेका छन् । तर थबाङको कथा व्यथा भने उस्तै छ । कुनै समयमा थबाङ हेर्न आउनेको ओइरो लागथ्यो । दश बर्षे जनयुद्धले चिर परिचीत नाम हो थबाङ । अहिले थबाङले विस्तारै विकासमा बामे सर्दै छ ।

जब देशमा संघीयता आयो वि.सं.२०७४ सालमा स्थानीय तहहरु गाउँ गाउँमा आए र ७ प्रदेश पनि निर्माण भए । ७५३ वटा पालिकाहरु निर्माण भए र रोल्पाको जहाँ थबाङ गाउँपालिका पनि निर्माण भयो।अहिले थबाङ गाउँपालिका वडा नं.२ ठुलो गाउँ थबाङनै हो । अहिले थबाङको ठूलो गाउँमा होमस्टे सञ्चालनमा आएको छ । सोही थबाङका अन्तिम बुढाले होमस्टे सुरु गरेको करिब पाँच महिना जतिभयो । केही समय अघिमात्र तालिम लिई आफ्नै घरमा होमस्टे सुरु गरेका बुढालाई अहिले पाहुनाहरुको सेवा गर्न भ्याइनभ्याई रहेको छ ।

थबाङ र जलजला घुम्न आउने पर्यटकहरु होमस्टेमा आउने र बस्ने गर्दछ्न । अहिले पनि होमस्टेको नाम सुनेर त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो सहभागी हुने गरेको बुढा बताँउछन् । व्यवसाय सुरु गरेको छोटो समयमै पाहुनाहरु धमाधम आउन थालेपछी होमस्टे सञ्चालक बुढा सन्तुष्ट भएका छन । पछिल्लो समय पर्यटकीय गतिविधि बढेसँगै रोल्पाको मगर होमस्टे हरु छोटो समयमै फस्टाउन थालेका छन् । रोल्पा जिल्लाको पर्यटकीयस्थल जलजला र रुकुम पूर्वको सिस्ने हिमाललाई लक्षित गरि निर्माण गरिएको गुरिल्ला ट्रेकिङमा आउने पर्यटकहरूका कारण थबाङका होमस्टे फस्टाउन थालेको बताइएको छ।

वि.सं.२०६५ सालमा पर्यटन कार्यालय भैरहवाबाट दर्ता भइ एक घरबाट सञ्चालनमा आएको थबाङका मगर होमस्टे हाल १४ घरमा विस्तार भएको जनाइएको छ । शहिदमार्ग र मध्यपहाडी राजमार्ग जस्ता ठूला सडक विस्तार भएपछि रोल्पाको थबाङ र रुकुम पूर्वमा पर्यटकीय चहलपहल बढ्दै गएको हो । पर्यटकहरुको संख्या वृद्धि हुन थालेपछी होमस्टेहरुको क्षमता पनि बढाइएको थबाङी मगर होमस्टेका अध्यक्ष धपलाल पुन बताँउछन् । पुनका अनुसार होमस्टेको क्षमता, सेवा सुविधा र लगानी बढेसँगै यसबाट स्वरोजगार बन्नेहरुको संख्या समेत बढेको छ । थबाङका मगर होमस्टेमा विशेषगरि स्थानीय बङगुर, कुखुराका मासु तथा आलुका परिकारहरु पर्यटकले बढी रुचाउने गरेको थबाङका मगर होमस्टे सञ्चालकहरुको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : ४७ बजे