Logo

Breaking News 1

‘११ दिनसम्म प्रस्ताव रोकिएको कारण बुझिँदैछ’: विशाल भट्टराई



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेट्रोलियम पदार्थ मूल्यवुद्धि सम्बन्धमा आफूले राखेको प्रस्ताव ढिलो गरी छलफलमा ल्याएकोमा आपत्ति जनाएका छन् ।

जेठ १० गते जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव बल्ल ११ दिनपछि छलफलमा आएको भन्ँदै उनले असन्तुष्टि जनाएका हुन् ।

‘छलफलका लागि व्यक्तिगत रूपमा आग्रह गर्दै आएका थियौं, भट्टराईले भने, ‘११ दिनसम्म प्रस्ताव रोकिएको कारण बुझिँदैछ ।’

‘हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ घटाइएको छ । सायद मन्त्रीलाई जवाफ दिन अफ्ठ्यारो भएको छलफलमा नल्याएको हुनसक्छ । १० रुपैयाँ घटाएपछि जवाफ दिन सजिलो हुने नै भयो, उनले भने ।’

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ४१ बजे