Logo

Breaking News 1

प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेका हुन् ।
संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् ।

बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुमगनसमेत नगरेको बताएका छन् ।

मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा सरकार मूल्यवृद्धि घटाउन उनीहरुको माग छ । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : २२ बजे