Logo

अर्थ

बजेटमाथि उठेका प्रश्नहरुको आज अर्थमन्त्रीले जवाफ दिँदै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्दैछ। बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् ।

गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो ।

उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : १२ बजे