काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण भएको छ । कांग्रेसको आधिकारीक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो ।
बुधबार मात्रै प्रवर्तन निर्देशनालयले नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई बोलाएको थियो ।
सोनिया गान्धीलाई ८ जूनमा पेश हुन भनिएको थियो । यद्यपि, अब सोनिया गान्धी संक्रमित हुँदा ८ जुनमा उनीहरुको पेशी हुने नहुने भन्ने निश्चित छैन ।
प्रतिक्रिया