Logo

विश्व

चीनमा भूकम्प जाँदा ४ जनाको मृत्यु



काठमाडौं । चीनमा भूकम्प जाँदा ४ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको बताइएको छ । साथै यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएको बताइएको छ ।

बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक बताइएको छ ।घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ । भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् ।

उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : २७ बजे