Logo

अर्थ

बिहीबार बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघकाअनुसार बिहीबार चाँदी पनि तोलामा १५ रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ०० बजे