Logo

Breaking News 1

सत्ता गठबन्धनले प्रतिनिधिसभा चुनावको तयारी थाल्यो, कात्तिक अन्तिम वा मंसिरमा



काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल शुरु गरेको छ । सत्ता गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने विषयले प्रवेश पाएको हो ।

यस बिषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति चाँडो तोक्ने बताएका थिए । बैठकमा सहभागीले पनि निर्वाचनको मिति तोक्न ढिला गर्न नहुने बताएका थिए । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए ।

सोमबार बसेको बैठकपछि सत्ता गठबन्धनका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्न निर्वाचन आयोगसंग परामर्श गर्ने तयारीमा जुटिसकेका छन् । बैठकमा केहि सहभागीले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने बताएका थिए । केहिले मंसिर अन्तिम साता गर्दा पनि हुने बताएका थिए । मंसिरमा पुर्याउँदा हिमाली जिल्लामा जाडो बढ्छ र निर्वाचन गर्न कठिन हुने केहि सहभागीको धारणा थियो ।

दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ । ‘दलहरुबीच व्यापक छलफल भयो, अब निर्वाचन आयोगसँग पनि परामर्श गरेर मिति टुङ्गिन्छ’,संविधानअनुसार मंसिरमा कार्यकाल सकिने भएपनि मंसिरमा मौसमका कारण बाधा पुग्ने भएकाले कात्तिक अन्तिम साता नै उपयुक्त हुनेमा लगभग दलहरुबीच एकमत रहेको बैठक स्रोतले जनायो ।

एक वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा दलहरुबीच ठोस निर्णय भएको छैन । ‘एकै चरणमा गर्ने भए कात्तिक महिनामै गर्नुपर्छ । दुई चरणमा गर्दा मंसिरमा पनि हुनसक्छ । तर एकै चरणमा गर्दा राम्रो हुन्छ ।’ सत्ता गठबन्धनले आसन्न चुनावमा पनि संगै सहकार्य गरेर जानेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ५ : ४१ बजे