Logo

Breaking News 1

स्वतन्त्र उम्मेदवारले चुनाव किन जिते, हामीलाई पाठ हुन सक्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र उम्मेदवारको विजयी किन र कसरी भयो यो हामी माओवादीलाई पनि पाठ हुने बताएका छन् ।

आज बुधबार पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने,‘काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई पनि सबक हो ।’

काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए ।

उनले भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए । प्रचण्डले भने, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कुल हुन सक्ने कुरा होइन ।’

उनले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका समेत व्यक्त गरे । आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् ।’
प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको समेत आरोप लगाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : ५० बजे