Logo

Breaking News 1

वडा अध्यक्षहरु बालेन साहलाई किन पेल्न चाहन्छन् ?



काठमाडौं । जनता यति आजित छन्, सकभर अहिलेका नेतालाई भोट दिनै नपरोस भन्ने चाहन्छन् । यसको प्रमाणित रुप हो, धरानमा हर्क साम्पाङ राई र काठमाडौंमा बालेन साह विजयी हुनु । उपयुक्त स्वतन्त्र उम्मेदवार पाए आउने चुनावमा दलहरुका नेतालाई जनताले हराउनेछन् । यसको छनक अब देशभरि देखिसकेको छ ।

काठमाडौं महानगरपालिकाको असरल्ल परिवेश सिंगो देशले भोग्नु परेको अबस्था छ । यो कठिन घडिमा बालेन साह यसकाे वागडोर सम्हाल्न आइपुगेका छन् । स्वतन्त्र रुपमा उदाएका बालेनसंग काम गर्ने समुह दलहरुका सदस्य छन् । यी वडा अध्यक्ष र सदस्यहरु दलहरुप्रति वफादार छन् । देश र समाजप्रति जिम्मेवार छैनन् । यो विगतले देखाइसकेको छ । बालेन साह दलहरुको यो सिण्डिकेट चिर्न चाहन्छन् । फलस्वरुप परम्परागत प्रणाली र बालेनको आधुनिक शैलीको टकराव हुने संकेत देखिन्छ ।

दशकौंसम्म दलहरुको बन्धक बनेको महानगर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा पुग्दा कति नेता कार्यकर्ताहरुलाई जलन भएको छ । यहि जलनको प्रस्फुटित रुप हो सोमबारको काठमाडौं महानगरको कार्यपालिका वैठक ।

सोमबार बालेन सहित सिंगो विजयी टिमले सपथ लिएपछि बसेको बैठकका दृष्यले धेरैलाई केहि बिषय स्पष्ट पारिदिएको छ । वैठकलाई प्रत्यक्ष प्रशारण गरेर बालेनले एउटा पारदर्शी कार्यको थालनी गरिदिए । कसरी विकास नभएको रहेछ, फोहोर व्यबस्थापन हुन नसकेको कारण के हो, किन सुन्दर शहर हुन सकेन ? आदि जस्ता बिषयमा सोमबारको दृष्यले प्रष्ट पारेको छ ।
हाम्रा सभा, वैठकहरु सभापतिको आसन ग्रहणबाट शुरु हुन्छ । अनि प्रमुख अतिथि, विशिष्ट अतिथिलाई आसन गराउँदै लम्बेतान हुन्छ । त्यति मात्र होइन, अन्टसन्टका लामा–लामा भाषणबाजी गरेर अधिकांश बैठक सकिन्छ । यस्ता परम्परागत शैलीले हामीलाई पुरै भुत्ते बनाएको छ ।

सोमबार बालेनले शुरुमै केहि एजेण्डा सार्बजनिक गरे । जुन बिषय निकै महत्वपुर्ण छन् । तर, वडा अध्यक्षहरु एजेण्डामा छलफल गर्न चाहेनन् । मान–अपमान, रिस, क्लेश, द्धेष, अहंकार र पार्टीगत धारणा जस्ता हतियार पस्केर अभिमान देखाए । यसरी चर्को बोल्नेमा दोहोरिएर विजयी भएका वडा अध्यक्षहरु थिए । वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल दोस्रो पटक विजयी वडा अध्यक्ष हुन् । उनैले असभ्य ढंगले अराजकता निम्त्याए । उनको वडा अध्यक्षको पहिलो कार्यकाल सबैभन्दा झुर थियो । यी रिजालले कुनै काम गरेनन् । बरु यी वडा अध्यक्ष आर्थिक लेनदेनमा निकै विवादस्पद व्यक्ति हुन् ।
अर्का वडा अध्यक्ष हिरालाल तण्डुकार सबैभन्दा कमजोर र असफल प्रमाणित भएका व्यक्ति हुन् । उनि तीन पटक वडा अध्यक्ष भएर पनि कुनै काम गरेनन् । तर पनि वैठकमा उनकै चर्को स्वर उठ्यो । रिजाल र तण्डुकार दुवै नेपाली कांग्रेसमा आबद्ध छन् ।
स्वतन्त्र व्यक्तिलाई दलमा आबद्ध नेता कार्यकर्ताहरु किन झम्टिन्छन् ? किनकी, नेपालको राजनीति स्कुलिङ नै यस्तै खराब भएर गएको छ । हालै सरकारले ल्याएको बजेटमा एमाले अध्यक्ष केपी ओलीले भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । भण्डाफोर, अराजक, भत्काउ, बिगार जस्ता पृष्ठभुमिबाट नेपालका दलहरु चल्दै आए । आलोचनात्मक टिप्पणी गर, अध्ययन गरेर कमजोरी पत्ता लगाउ, के गल्ती गर्छ खोजविन गर जस्ता सभ्य बिषय भन्नुपर्ने ठाउँमा एउटा जिम्मेवार दलको अध्यक्षले नै भाँडभैलो गर्न निर्देशन दिएपछि हालत के होला ? यस्ता उदाहरण विगतमा धेरैजसो दलहरुका छन् । यहि प्रशिक्षण र बातावरणबाट आएका दलहरुका वडा अध्यक्षले बालेनलाई झम्टिनु स्वभाविक नै हो ।

सोमबार बालेन सहित सिंगो विजयी टिमले सपथ लिएपछि बसेको बैठकका दृष्यले धेरैलाई केहि बिषय स्पष्ट पारिदिएको छ । वैठकलाई प्रत्यक्ष प्रशारण गरेर बालेनले एउटा पारदर्शी कार्यको थालनी गरिदिए । कसरी विकास नभएको रहेछ, फोहोर व्यबस्थापन हुन नसकेको कारण के हो, किन सुन्दर शहर हुन सकेन ? आदि जस्ता बिषयमा सोमबारको दृष्यले प्रष्ट पारेको छ ।

बालेनलाई पेल्न सके आफ्नो पार्टीको एजेण्डा लागु गर्न सकिन्छ भन्ने केहि वडा अध्यक्षलाई लागेको छ । दशकौंसम्म दलहरुको बन्धक बनेको महानगर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा पुग्दा कति नेता कार्यकर्ताहरुलाई जलन भएको छ । यहि जलनको प्रस्फुटित रुप हो सोमबारको काठमाडौं महानगरको कार्यपालिका वैठक । केहि वडा अध्यक्षहरु यति अभ्रद र अमर्यादित थिए कि उनिहरु आफ्नै पार्टीका शिर्ष नेताहरु जस्तै देखिन्थे !

सोमबारको बैठकमा बालेनले केहि राम्रा एजेण्डा उठाएका थिए । यी सात एजेण्डामा जनप्रतिनिधिको परिचय, मतदातालाई धन्यवाद ज्ञापन, फोहोर मैला व्यवस्थापन, सार्वजनिक शौचालयका लागि महानगरभित्रका रेस्टुरेन्ट तथा होटल प्रयोग गर्ने सम्बन्धमा, महानगरको गुनासो लिन कल सेन्टर स्थापना गर्ने, भौतिक पूर्वाधार एम्बुलेन्स र विविध समस्याहरु लिखित रुपमा उठाइएको थियो । वडाहरु अध्यक्षहरु यी बिषयमा केन्द्रीत बनेनन् । न यिनिहरुमा कुनै अनुशासन थियो । बैठकको दृष्य हेर्दा लाग्थ्यो कुरुप आतंककारीहरु भेला भए जस्तो । लगाउने पोशाकदेखि बोल्ने शैली यति भद्धा थियो कि, यिनीहरु कुनै मानेमा जनप्रतिनिधि जस्ता देखिंदैनथे । कुनै जंगली आर्तकारीहरु जस्ता देखिन्थे । ड्रेस कोड यी मनुवालाई के थाहा !

उता बालेन साह र उपमेयर सुनिता डंगोल निकै संयम थिए । वडा अध्यक्षहरु उफ्रिरहेका थिए । आफ्ना अभिभावक जस्ता वडा अध्यक्षहरुको अभद्रताले प्रत्यक्ष प्रसारण हेरिरहेकाहरु समेत लाज मानिरहेका थिए । तर, वडा अध्यक्षहरुमा कुनै लज्जाबोध थिएन । किनकी, उनिहरुको स्कुलिङ नै यस्तै अराजकताको कक्षाबाट चल्ने गरेको थियो ।

वडा अध्यक्षहरु एजेण्डामा छलफल गर्न चाहेनन् । मान–अपमान, रिस, क्लेश, द्धेष, अहंकार र पार्टीगत धारणा जस्ता हतियार पस्केर अभिमान देखाए । यसरी चर्को बोल्नेमा दोहोरिएर विजयी भएका वडा अध्यक्षहरु थिए ।

काठमाडौं महानगरका सबै वडा अध्यक्ष, सदस्यहरु त्यति अबुझ पक्कै छैनन् । केहि न केहि विगतका परम्परा तोड्न चाहन्छन् । किनकी यो वैठकमा केहि वडा अध्यक्षहरु चुपचाप सुनेर बसिरहेका थिए । बालेन र सुनिताको नेतृत्वलाई सफल बनााउन सामुहिक काममा संगैसंगै जान चाहन्छन् । तर, रिजाल र तण्डुकारहरु जस्ता अतिवादलाई चिर्न सिंगो टिम अघि बढ्नैपर्छ । नत्र, अबको जमानामा पार्टीको राजनीतिले मात्र नेता बनिंदैन । अब काम र परिणामलाई जनताले हेर्छन् । चुनाव जित्न त अब पार्टी नै चाहिंदैन । यो कुराको प्रमाणित स्वंय बालेन र धरानका हर्क राईहरुले गरिदिए ।

काठमाडौंका वडा अध्यक्षहरु अब पहिले जस्तो होइन, अहिलेको परिवेश अनुसार चल्न परम्परागत शैली तोड्न लाग्नैपर्छ । पुरानो खराब पद्धतिको क्रमभंग नभएसम्म महानगरको सुधार हुँदैन भन्ने सबैले बुझ्नुपर्छ । बालेनलाई झम्टिने होइन, कांधमा काँध मिलाएर जान सके मात्र महानगर बन्नेछ । किनकी, सामुहिक भावनाबाट मात्र हरेक काम संभव छ । झन, यो महानगरलाई सुन्दर बनाउन मेयर सहितको सिंगो टिम पंक्तिबद्ध भएर हिंड्नैपर्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : १२ बजे