Logo

Breaking News 1

कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट नबढाएको हो ?: योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट घटाएको हो रु’ भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाइएकोका असन्तुष्टि व्यक्त गरे ।

“टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,” उनले भने, “शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ । अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्‍याउनु भएन । अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर बजेट नबढाउनुभएको हो ?”

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : ३५ बजे