Logo

Breaking News 1

दुर्घटनामा परेको तारा एयरको ब्ल्याक बक्स भेटियो



काठमाडौं । मुस्ताङको थासाङ-२ मा दुर्घटना भएको तारा एअरको ट्वीनेटर विमानको ब्ल्याक्स बक्स भेटिएको छ।

द्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो।

योसँगै दुर्घटनामा परी मारिएका सबैको शव पनि फेला पारिसकिएको छ।

विमानको फेला परेको ब्ल्याक्स बक्स महत्वपूर्ण मानिन्छ। उक्त बक्समा दुर्घटना हुँदाुसम्मको बेला पाइलटले टावरसँग गरेका संवादलगायतका रेकर्ड हुन्छन्।

दुर्घटनाका बेला क्रु मेम्बरमा रहेका अन्यसँग गरेका कुराकानीको रेकर्ड समेत हुँदा कसरी दुर्घटना भयो भन्ने कारण पत्ता लगाउन सहयोगी हुने बताइएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ०३ बजे