Logo

अर्थ

मंगलबार घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि १५ रुपैँयाले घटेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : ५२ बजे