Logo

अर्थ

एकीकृत समाजवादीले बजेटको व्यापक समीक्षा गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदमा पेश भएको नयाँ आर्थिक वर्षको बजेट अझ घनिभुत रुपमा समीक्षा गर्ने जनाएको छ । यो पार्टीले बजेटको सही सदुपयोगका लािग समाजवादको लक्ष्य पुरा गर्नेगरी कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिएको छ ।

सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकमा दलका नेता तथा अध्यक्ष माधवकुमार नेपालले बजेटका सकारात्मक पक्षहरू धेरै रहेको भन्दै मंगलबारबाट हुने बजेटमाथिको छलफलमा सोही अनुसार धारणा राख्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

‘बजेटका सकारात्मक र नकारात्मक पक्षहरू जे छन् त्यहीं कुरा छलफलका क्रममा राख्न निर्देशन दिनुभएको छ’, सांसद चौधरीले नेता नेपालको भनाई उदृत गर्दै भने, ‘बजेटको समर्थन गर्दै कमीकमजोरी पनि केलाउने र समाजवादको लक्ष्य पुरा गर्न बजेटको सही कार्यान्वयनमा जोड दिनुपर्छ ।’
एकीकृत समाजवादीले बजेटलाई सकारात्मक रुपमा लिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : १३ बजे