Logo

Breaking News 1

मेयर बालेनको निर्णय: नगरसभा बैठकको प्रत्यक्ष प्रशारण हुने, ४ बजेका लागि बोलाइयो नगरसभा



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठकको प्रत्यक्ष प्रशारण हुने भएको छ ।

महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले आज पदभार ग्रहण गर्दै बैठक प्रत्यक्ष प्रशारण गरिने पहिलो निर्णय गरेका हुन् ।

पहिलो नगरसभा बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

यस्तै, पदभार ग्रहण गर्दै साहले काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए ।

उनले फोहोरले गर्दा सिसडोलबासी पीडित भएको उल्लेख गर्दै सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म अरु नगर्ने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : २२ बजे