Logo

अर्थ

सोमबार २ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा दुईसयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सयले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि सोमबार ५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ३० बजे