Logo

मुख्य समाचार

उदयपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु



काठमाडौं । उदयपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

सोमबार बिहान कटारी नगरपालिका-१४ चनौटमा ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको मृत्यु भएको हो ।

ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : ०७ बजे