Logo

मुख्य समाचार

चुनाव सकिएपछि एमालेका नेताहरु धमाधम नेकपा एकीकृत समाजवादीमा फर्कंदै




काठमाडौं । स्थानीय चुनाव सकिए लगत्तै एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एकीकृत समाजवादीमा फर्कन थालेका छन् ।

माधब कुमार नेपाल नेतृत्वको पार्टी नै सही कम्युनिष्ट भएको भन्दै उनिहरुले एमाले परित्याग गर्न थालेका हुन् । एमालेमा केपी ओली नेतृत्वमा रहेसम्म पार्टीको स्वरुप नरहने र एउटा झुण्ड मात्र हुने भएकोले एकीकृत समाजवादीमा फर्कनु परेको उनिहरुको भनाई छ ।

एमालेबाट एकीकृत समाजवादीमा फर्कनेमा विभिन्न नेता, पेशागत व्यक्तिहरु, विद्यार्थी नेताहरु लगायत छन् । आजै एमाले भातृ संगठन अनेरास्ववियूका उपमहासचिब मेघनाथ चापागाई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष नेपालले उनलाई स्वागत गरेका थिए । चापागाईले आफू केही समय विवशतावस अलमलमा परेको भन्दै आफ्नै संगठनमा फर्किएको जनाएका छन् । उनले अब कहिल्यै पनि एमालेमा नजाने प्रतिबद्धता जनाएका छन् । उनि सहित विद्यार्थीहरुको ठुलो समुह एकीकृत समाजवादीको विद्यार्थी संगठनमा आबद्ध भएका छन् । अध्यक्ष नेपालले आगामी संसदीय निर्वाचनसम्म एमालेका अधिकांश नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा आउने बिश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : ४८ बजे