Logo

Breaking News 1

अपडेट: सम्पर्कबिहीन विमानमा तीन चालक दलका सदस्य, ६ जना विदेशी यात्रुसहित २२ जना सवार



काठमाठौं । पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानमा १९ यात्रु र तीनजना चालक दलका सदस्य रहेको खुलेको छ ।

यात्रुमध्ये ६ जना विदेशी रहेको बताइएको छ । विमान बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

विमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क टुटेको विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो।

विमान दुर्घटनामा परेको आशंका गरिएको छ । अहिले विमानको खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : २५ बजे