Logo

Breaking News 1

‘आरोप-प्रत्यारोपले हामीलाई कहिँ पुर्याउँदैन’: अध्यक्ष माधवकुमार नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले एक अर्काबीचको आरोप प्रत्यारोपले काहिँ पुग्न नसकिने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेपालले सबै राजनीतिक दलहरुले आफ्नो कमिकमजोरीबारेमा आत्मआलोचना गर्नुपर्ने बताए ।

अहिलेको व्यवस्था लामो त्याग र मिहेनतबाट प्राप्त भएको बताए ।

नेपालको राजनीतिमा कांग्रेस र कम्युनिष्टको भूमीका ठूलो रहेको भन्दै उनले एक अर्कालाई होच्याएर हैन मिलेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : ४६ बजे