Logo

Breaking News 1

तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाँण निर्वाचित, उपमेयरमा एमालेकी चौधरी



काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्।

उनले नेकपा एमालेका उमेदवार मोहन चापागाईं पराजित गरेका हुन् । खाँणले २४ हजार ३९६ मत प्राप्त गरे गर्दा एमालेका चापागाईंले २३ हजार ६३१ मत पाएका छन् ।

यस्तै, उपमेयरमा भने एमालेकी जागेश्वरी चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेलाई उनले पराजित गरेकी हुन् ।

चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् भने पाण्डेले ११ हजार ५४६ मत ल्याए।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ५४ बजे