Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

खेलकुद

क्यानको निर्णयविरुद्ध ईपीएलद्वारा सवोच्चमा रिट



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ वटा फ्रेन्चाइजी टीमले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

ईपीएल र ६ टीमले बिहीबार विज्ञप्ति जारी गर्दै जारी लिगहरूलाई राष्ट्रिय लिगको मान्यता दिन नसकिने निर्णयविरुद्ध रिट दायर गरेको हो ।

साथै, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौतामा धेरै प्रश्नहरू खडा भएको तथा क्यान र सो कम्पनीबीचको सम्झौता नेपालको कानून विपरीत भएको रिटमा उल्लेख छ ।

नेपाली क्रिकेट क्षेत्र ईपीएलले आफ्नो चारवटा लिग गरिसकेको छ भने पाँचौं लिगको तयारीमा छ । क्यानले भने नेपालमा एउटै मात्र राष्ट्रिय लिग ‘नेपाल टी-२०’ हुने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ५४ बजे