Logo

Breaking News 1

संकटप्रति उदासिन र गलत सूचना दिन नीति तथा कार्यक्रम उद्दत छ: प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रम गलत सूचना दिन र जनतालाई गुमराहमा राख्न उद्दत रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै ज्ञवालीले नीति तथा कार्यक्र देशको संकटप्रति उदासिन र गलत सूचना दिन उद्दत रहेको बताएका हुन् ।

नेपालको आर्थिक अवस्था संकटोन्मुख रहेको भन्दै ज्ञवालीले नीति तथा कार्यक्रममा आर्थिक अवस्था सामान्य अवस्थामा छ भन्ने झुठो उल्लेख गरिएको टिप्पणी गरे ।

नेपालको आर्थिक अवस्थामा रुस युक्रेन युद्द र अमेरिका चीनको व्यापार युद्दले गम्भीर असर पारिरहेको ज्ञवालीले उल्लेख गरे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : २४ बजे