Logo

Breaking News 1

बालेन साहको जीत सुनिश्चित, समर्थकमा खुशीयाली



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । उनको जीत पक्का भएपछि हिजैदेखि साहका समर्थकमा खुशीयाली छाएको छ ।

साहलाई गैरराजनीतिक क्षेत्रका ठुलो समुहका व्यक्तिहरुको समर्थन रहेको छ । १९ हजार मत गणना गर्न बाँकी रहँदा उनले २१ हजार एक सय बढि मतको अग्रता कायम राखेका छन्। जस अनुसार उनले गणना गर्न बाँकी भन्दा बढी मतान्तर कायम राखेका छन् ।

हालसम्म बालेनले ५५ हजार सात सय ७७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार तीन सय ७१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्।

यद्यपि, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मतपरिणाम भने सार्वजनिक गरेको छैन । आयोगले सबै मत गनिसकेपछि मात्र आधिकारिक विजयीको घोषणा गर्नेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ०९ बजे