Logo

Breaking News 1

मूल्यवृद्धिको बिरोधमा नेविसंघद्धारा आयल निगम घेराउ



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी बिरोध शुरु भएको छ । आज बुधबार सत्तारुढ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मूल्यबृद्धिको बिरोधमा आयल निगम घेराउ गरेको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले निगम घेराउ गर्दै प्रदर्शन गरेको छ ।

निगमको कार्यालय पुगेका नेविसंघमा आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामासमेत माग गरेका छन् ।

आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ । मूल्यबृद्धिको बिरोधमा सत्ता गठबन्धन दलदेखि विपक्षी दलहरुका विभिन्न भातृसंठनहरुले बिरोध जनाएका छन् । अन्य विभिन्न नागरिक समुहले पनि मूल्यबृद्धिको बिरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : १४ बजे