Logo

Breaking News 1

काठमाडौं महानगर: बालेनले जित्ने लगभग पक्का, कटाए ५० हजार मत



काठमाडौं । काठमाडौं महानगरपालिकाको मयेरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार साहले ५० हजार ९८ भोट पाएका छन् । उनलाई पछ्याईरहेकी गठबन्धनतर्फकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ७४ मत पाएकी छिन् ।

बालेन र सिर्जनाबीचको मतान्तर लगभग २० हजारको रहेको छ । यस्तै, तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २९ हजार ९ सय ९७ मत पाएका छन् ।

१ लाख ९१ हजार १ सय ७१ भोट खसेकोमा अहिलेसम्म १ लाख ५० हजार ७ सय २० मत गनिसकिएको छ । गन्न बाँकी मत ४० हजार ४ सय ५१ रहँदा बालेनले जित्ने लगभग पक्कापक्की देखिएको छ ।

गन्ती भइरहेका वडाहरुमा पनि बालेनले अन्य उम्मेदवारको बराबरीमा मत हासिल गरिरहेकाले उनले जित्ने पक्का जस्तै देखिएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ३५ बजे